घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, ग्यासमा प्रतिसिलिन्डर तीन सय ४९ ले वृद्धि
टुडेपाटी–
काठमाडौं, फागुन १७ गते ।
भारतबाट ग्यासबाहेक अन्य सबै इन्धनको मूल्य घटेर आएको छ ।
भारतीय आयल कर्पोरेशन (आइओसी) ग्यासबाहेक सबै इन्धनको मूल्य घटाएर पठाएको हो ।
आइओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ पैसा र डिजेल प्रतिलिटर पाँच रुपैयाँले घटेको हो।
यस्तै, मट्टितेल प्रतिलिटर ३ रुपैयाँ ४० पैसा र हवाई इन्धन ५ रुपैयाँले घटेर आएको छ।
एलपिजी ग्यास भने प्रतिसिलिन्डर तीन सय ४९ रुपैयाँले वृद्धि भएको छ।
Sponsored
भारतबाट इन्धनको मूल्य घटेर आए पनि निगमले स्थानीय बजारमा भने मूल्य यथावत राख्ने भएको छ।
हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ।