नेकपा एमाले सरकारबाट बाहिरिने
टुडेपाटी–
काठमाडौँ, फागुन १५ गते ।
नेकपा एमाले वर्तमान सरकारबाट बाहिरिने भएको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
यस्तै, सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ।
राष्ट्रपति निर्वाचनमा एमाले र माओवादीबीच सहमति बन्न नसकेपछि एमालेले तत्काल समर्थन फिर्ता नलिने र मन्त्रिपरिषदमा रहिरहने निर्णय गरेको ७२ घन्टामै उसले आफ्नो निर्णय फेरेको हो।
आइतबार परराष्ट्रमन्त्री बिमला पौडेल राईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अपमानजनक तरिकाबाट जेनेभा जानबाट रोकेपछि त्यसले एमालेलाई प्रभावित गरेको एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए।
Sponsored