TodayPati

२ महिनामै मैले तितो अनुभव गरेँ : प्रधानमन्त्री प्रचण्ड

टुडेपाटी–
काठमाडौँ, फागुन १३ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २ महिना मै आफूले तितो अनुभव गरेको बताएका छन्।

शनिबार महेन्द्रनारायण निधिको १०१ औं जन्मजयन्तीका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।

Sponsored

उनले भने, ‘सबैभन्दा सहज कोर्श र प्राकृतिक कोर्श के हुनसक्छ भन्दा १२ बुँदे समझदारीहरू, शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरु, संविधान घोषणा गर्दा समावेशी लोकतन्त्रका मान्यताहरुमा जो सहमत भएका छौं । ती शक्तिहरु मिलेर अघि बढेर मात्र देशलाई विकास र समृद्धि दिनसक्छ।’

प्रधानमन्त्री प्रचण्डले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न सक्ने शक्तिहरुसँगको सहकार्यले मात्र देशको विकास हुने बताए ।

‘मैले २ महिनाभित्रै त्यो तितो अनुभव गरेँ। हिजो ऐतिहासिक रुपमा भूमिका खेलेका शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरू एक हुनुपर्छ,’ प्रचण्डले भने ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *