TodayPati

जनकपुरधाम आएर उपेन्द्रले भने : अबको नयाँ समीकरणपछि प्रदेश सरकार अझ बलियो हुन्छ

टुडेपाटी–
जनकपुरधाम, फागुन १३ गते ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अबको नयाँ समीकरणपछि प्रदेश सरकार अझ बलियो बन्ने बताएका छन् ।

शनिबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले राष्ट्रपति र उपराष्ट्रपतिमा भएको समीकरणले सरकार फेरबदलमा समेत प्रभाव पर्ने बताएका छन्।

Sponsored

अब आफ्नो पार्टी बिस्तारै सरकारमा सहभागी हुने र नयाँ समीकरणअनुसार सरकार अगाडि बढ्ने प्रष्ट पारे।

राष्ट्रपति कांग्रेसलाई र उपराष्ट्रपति जसपाले दिनेगरी सहमति भएको उनको भनाइ छ।

अध्यक्ष यादवले अब हुने सत्ता समीकरणले प्रदेशले थप अधिकार पाउने जिकिर गरे।

Sponsored

‘प्रदेशहरू अझ बलियो हुन्छ। प्रदेशलाई बलियो बनाउने, प्रदेश सरकारलाई स्रोत÷साधन र अधिकार सम्पन्न बनाइन्छ’, उनले भने।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *