माओवादी जसपालाई उपराष्ट्रपति दिन सकारात्मक छ : उपेन्द्र यादव
टुडेपाटी–
काठमाडौं, फागुन ११ गते ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहेको बताएका छन् ।
माओवादी केन्द्रका नेताहरुसँगको भेटपछि बिहीबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले जसपालाई उपराष्ट्रपति दिने कुरामा उनीहरु सकारात्मक रहेको बताए ।
जसपा र एकीकृत समाजवादीसँगको बैठक चलिरहेका बेला माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद बैठकमा सहभागी हुन गएका छन् । मन्त्रिपरिषद बैठकपछि पुन ३ दलको बैठक बस्ने अध्यक्ष यादवले जानकारी दिए ।
छलफलमा एकीकृत समाजवादीले राष्ट्रपतिमा दाबी गरेको यादवले बताए ।
Sponsored