TodayPati

लिग–२ मा नेपालको लगातार चौथो जित

टुडेपाटी–
काठमाडौं, फागुन ९ गते ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले लगातार चौथो जित निकालेको छ ।

नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको आजको खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको छ ।

Sponsored

मंगलबार सिरिजको अन्तिम खेलमा नेपालले लिग २ को च्याम्पियन स्कटल्यान्डमाथि २ विकेटको जित निकाल्यो ।

नेपालले २१३ रनको लक्ष्य ८ विकेटको क्षतिमा ३५ बल बाँकी रहँदै पूरा गर्‍यो।

नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले ९५ रन हाने। नटआउट रहेका अर्का खेलाडी करण केसीले ३१ रन हाने।

Sponsored

यस्तै, ओपनरद्वय कुशल भुर्तेल १ रन र आसिफ शेख १२ रनमा आउट भए। ज्ञानेन्द्र मल्लले २१, कुशल मल्ल १७, सन्दीप जोरा १, दीपेन्द्रसिंह ऐरी ७ र सोमपाल कामी २ रनमै आउट भए।

यस्तै, सन्दीप लामिछाने आठौं विकेटको रुपमा ९ रन बनाएर आउट भए।

बलिङमा स्कटल्यान्डका मार्क वाटले ३ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४६.१ ओभरमा २१२ रनमा अलआउट भयो।

बलिङमा नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए। करण केसीले ३ विकेट लिए। ललित र कुशल मल्लले १÷१ विकेट लिए।

लिग–२ मा स्कटल्यान्ड च्याम्पियन बनेको थियो। लिग–२ को शीर्ष टिम स्कटल्यान्डले ३६ खेलबाट ५० अंक जोडेको छ। दोस्रो स्थानको ओमानले ३६ खेल खेल्दा ४४ अंक जोडेको छ। तेस्रो स्थानको नामिबियाले अन्तिम ३४ खेलबाट ३७ अंक जोडेको छ। चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ।

लिग–२ मा नेपाल छैटौं स्थानमा छ। नेपालले लिग–२ मा आफ्ना ८ खेल खेल्न बाँकी छदा २८ खेलबाट २६ अंक जोडेको छ। नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ।

लिग–२ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ।

लिग–२ बाट स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन्। अब बाँकी एक स्थानका लागि नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *