नेपाललाई जितको लागि २१३ रनको लक्ष्य
टुडेपाटी–
काठमाडौं, फागुन ९ गते ।
आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत घरेलु मैदानमा भइरहेको शृखंलाको अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई जितको लागि २१३ रनको लक्ष्य दिएको छ ।
टस हारेर कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै १० विकेट गुमाएर २१२ रन बनाएको हो ।
स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाए । म्याथ्यु क्रसले ४२ र ब्रान्डन म्याकुलेनले ३१ रन जोडे । काएल कोएत्जर र क्रिस म्याब्राइजले समान २२ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले १÷१ विकेट लिए ।
Sponsored