डा. सिके राउतले आफ्नो क्षेत्रमा सुरु गरे ‘दलान दलील’ कार्यक्रम
टुडेपाटी-
जनकपुरधाम, फागुन ६ गते ।
जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले ‘दलान दलील’ कार्यक्रम सुरु गरेर जनतासँग योजनाहरु माग्न थालेका छन्।
सप्तरी निर्वाचन क्षेत्र २ बाट निर्वाचित डा.राउतले आफ्नो निर्वाचन क्षेत्रको प्रत्येक गाउँमा पुगेर जनतासँग छलफल गरी योजनाहरु माग्ने र गुनासो सुन्ने कार्य शुक्रबारबाट सुरु गरेका हुन्।
‘जनताको दलानमै गएर उहाँहरुको गुनासो सुन्ने कार्य सुरु गरेको छु।’ डा.राउतले भने,‘प्रत्येक गाउँमा पुग्ने कार्यक्रम बनेको छ। यसले जनता राजको अनुभुति जनताहरुलाई गराइरहेको छ।’
यसअघि विकास निर्माणका योजनाहरु ठेक्केदार वा नेताहरुको चाहना अनुसार राखिने गरेको उनले बताए। ‘ठेक्केदारहरुले आफूलाई कुन योजनामा फाइदा पुग्छ त्यही योजना राख्ने गरेका थिए। नेताहरुले पनि आफूलाई फाइदा हुने योजनाहरु राख्ने गरेका थिए।’ राउतले भने,‘अब जनताको आवश्यकता अनुसार जनताकै चाहना अनुसार योजनाहरु तयार पार्ने कार्य गर्दैछौं।’
शुक्रबार दलान दलील कार्यक्रममा उपस्थित सर्वसाधारणहरुले डा.राउतलाई सडक निर्माण, विद्यालय सुधार, कृषि सडक, कृषि मिटर, विजुली पुर्याउनेलगायतका समस्या समाधानका लागि योजनाहरु दिएका छन्।
Sponsored