TodayPati

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

टुडेपाटी-
जनकपुरधामा, फागुन ४ गते ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इण्डियन आयल कर्पोरेशन आज १६ तारिखमा पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.९७ रुपैयाँ घटेर आएको छ ।

यस्तै, डिजेलको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ आसपास घटेर आएको निगमले जनाएको छ । हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ ।

Sponsored

प्रत्येक १५÷१५ दिनमा इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई मूल्यसूची उपलब्ध गराउँदै आएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *