विदेशी नागरिता त्याग्ने पूर्व नेपालीलाई अंगिकृत नागरिकता दिनु पर्छ : प्रदेश सांसद महतो
टुडेपाटी-
जनकपुरधाम, फागुन ४ गते ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रदेश सांसद उपेन्द्र महतोले नेपाली नागरिकता त्यागेर विदेशि नागरिकता लिनेहरुलाई पुनः वंसज नागरिकता नदिन माग गरेका छन् ।
बुधबार प्रदेश सभा बैठकमा बोल्दै सांसद महतोले विदेशी नागरिकता त्याग गरेपछि पुनः वंसजनको नागरिता दिँदा मुलुकमा सुरक्षा चुनौती बढेको बताएका हुन् ।
उनले विदेशि नागरिकता त्याग्नेलाई अंगिकृत नागरिकता दिनु पर्ने संघीय सरकारसंग आग्रह गरे ।
‘नेपालको नागरिकता त्यागेर विदेशि नागरिक बन्नेहरु फेरी नेपालको नागरिकता लिनेलाई अंगकृत नागरिकता दिनु पर्ने व्यवस्था हुनुपर्छ । विदेशबाट नेपाल फर्केर फेरी नेपाली नागरिकता लिनेहरुबाट मुलुकमा सुरक्षा थ्रेट बढेको छ’, उनले भने
जनमसिद्ध नागरिकता भएको अभिभावकका सन्तान नेपाली नागरिक हुँदाहुँदै नागरिकताबाट बञ्चित भएको अवस्थामा विदेशी नागरिता त्यागेकालाई सोझै पुनः वंसजनको नागरिता दिनु उचित नभएको जिकिर गरे ।
Sponsored