जनकपुर यातायात कार्यालयको भ्रष्टाचार अन्त्य गर्न सांसद ठाकुरको माग
टुडेपाटी–
जनकपुरधाम, फागुन २ गते ।
जनकपुर यातायात कार्यालयमा भइरहेको भ्रष्टाचारको अन्त्य गर्न नेकपा एमालेका सांसद दीपेन्द्रकुमार ठाकुरले माग गरेका छन् ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा बोल्दै ठाकुरले लाइसेन्स वितरणमा भ्रष्टाचार भइरहेको आरोप लगाएका हुन् । ‘जनकपुर यातायात कार्यालयमा ७७ वटै जिल्लाका मान्छे सवारी चालक अनुमति पत्र लिन आउँछन् । यातायात कार्यालयको डाटा हेर्दा महिनामा ५ हजार लाइसेन्स वितरण भइरहेको छ । यो ५ हजार लाइसेन्समा करिब १० करोड भ्रष्टाचार भएको होला’, उनले भने ।
जनकपुर यातायात कार्यालयबाट परीक्षा पास गरेरभन्दा पनि २० हजार रुपैयाँमा लाइसेन्स पाउने गरेको उनले आरोप लगाए ।