मधेश प्रदेशको प्रदेशसभा बैठक आज बस्दै
टुडेपाटी–
जनकपुरधाम, फागुन २ गते ।
मधेश प्रदेशको प्रदेशसभा बैठक आज बस्न लागेको छ ।
गत माघ ४ गतेदेखि स्थगित प्रदेशसभा बैठक आज २८ दिनपछि बस्दैछ ।
आज बस्ने बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धि पठाएको पत्र पढेर सुनाउने र मुख्यमन्त्री सरोजकुमार यादव प्रति शुभकामना मनतव्य राख्ने कार्यसूची रहेको प्रदेश सभासचिवालयले जनाएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चित कालका लागि स्थगित गरिएको थियो ।
सभामुख रामचन्द्र मण्डलद्वारा आज दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
Sponsored