TodayPati

पाँच साना मधेश केन्द्रीत दलहरूबीच पार्टी एकता हुने

टुडेपाटी–
जनकपुरधाम, फागुन १ गते ।

पाँच मधेश केन्द्रीत साना दलहरूबीच पार्टी एकता हुन लागेको छ ।

सोमबार जनकपुरधामस्थित तराई–मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रीय सद्भावना पार्टीबिच एकता गर्ने सहमति भएको हो ।

Sponsored

तमलोपाका वरिष्ठ नेता डा. विजय कुमार सिंहको अध्यक्षतामा बसेको बैठक यी पार्टीहरूबिच सहकार्यका निमित्त साझा मुद्दाहरूको पहिचानमा केन्द्रित रहेको तमलोपाका केन्द्रीय सदस्य उमेश मण्डलले जानकारी दिए ।

सहकार्यको निमित्त बैठकले अवधारणापत्र र अन्य दस्तावेज तयार गर्न कार्यदलसमेत गठन गरेको नेता मण्डलले जानकारी दिए ।

कार्यदलमा तमलोपाका सतीश लाल दास, नेपाल सद्भावना पार्टीका डा. रविन्द्र चौधरी (राजेश), नेपाल लोकतान्त्रिक पार्टीका डा. कृष्ण चन्द्र साह, राष्ट्रिय सद्भावना पार्टीका रविन्द्र सिंह र ऐतिहासिक जनता पार्टीका आनन्द साह रहेका छन् ।

Sponsored

यी पाँच पार्टीहरूले गत माघ १७ गते आपसमा एकता र सहकार्य अगाडि बढाउने निर्णय गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *