वृहत शान्ति सम्झौताको दुईवटा काम अझै बाँकी छ : उपराष्ट्रपति पुन
टुडेपाटी–
जनकपुरधाम, फागुन १ गते ।
उपराष्ट्रपति वर्षमान पुनले वृहत् शान्तिसंझौता भएको १६ वर्ष पुगिसक्दा पनि दुईवटा काम अझै बाँकी रहेको बताएका छन् ।
सोमबार मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले आयोजना गरेको जनयुद्ध दिवसको अवसरमा बोल्दै उपराष्ट्रपति पुनले शान्ति संझौताको मुख्य गरी दुईवटा काम अझै बाँकी रहेको बताए ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगमार्फत गर्नुपर्ने कामा सम्पन्न नभएका उनले बताए ।
आयोग र सरकारको ध्यानाकर्षण गराउँदै शान्ति संझौताको बाँकी कामलाई छिटो टुंगोमा पु¥याउन उनले आग्रह गरे ।
उनले भने, ‘वर्तमान संघीय सरकारले शान्तिप्रक्रियाको बाँकी कामलाई छिटो भन्दा छिटो टुंग्याउन गम्भीर भएर काम गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’
Sponsored