TodayPati

जनयुद्धका ५४० सहिद परिवारलाई एक लाखका दरले सहयोग

टुडेपाटी-
जनकपुरधाम, फागुन १ गते ।

मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा ५४० जना सहिद परिवारलाई एक लाखको दरले रुपैयाँ हस्तान्तरण गरेको छ ।

मधेश सरकारले मनाई रहेको दोस्रो जनयुद्ध दिवसको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्धका सहिद रामवृक्ष यादवका परिवारका सुधा यादवलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन् ।

Sponsored

बाँकी सहिद परिवारलाई खातामै रुपैयाँ पठाइने गृह तथा सञ्चार मन्त्रालयका सचिव राम कुमार महतोले जानकारी दिए ।

उपराष्ट्रपति पुनले जनयुद्धका सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *