TodayPati

आज जनयुद्ध दिवस मनाइँदै, मधेशबाट सुरु भएको यो सार्वजनिक बिदा यसरी बन्यो देशव्यापी

टुडेपाटी-
जनकपुरधाम, फागुन १ गते ।

आज जनयुद्ध दिवस राष्टव्यापी रुपमा मनाइँदै छ । जनयुद्ध दिवस मनाउन आज सरकारले सार्वजनिक बिदा दिएको छ । संघीय सरकारले जनयुद्ध दिवस मनाउन पहिलो पटपक सार्वजनिक बिदा दिएको हो ।

जनयुद्ध दिवसको विदाको सुरुवात भने मधेश प्रदेश सरकारले सुरु गरेको थियो । गत वर्ष मधेश प्रदेशसमा नेकपा माओवादी केन्द्रबाट सहभागी गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहको पहलमा जनयुद्ध दिवसमा फागुन १ गते बिदादिने औपचारिक निर्णय गरिएको थियो । १ फागुन २०७८ मा पहिलोपटक मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको थियो ।

Sponsored

यसपटक भने मधेश प्रदेश सरकारको अनुसरण गर्दै बागमी प्रदेश सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउन बिदा दिने निर्णय गरको थियो । त्यस पश्चात संघ सरकारले पनि आजको दिनलाई जनयुद्ध दिवस मनाउन पहिलो पटक सार्वजनिक बिदा दिने मन्त्री परिषदबाट निर्णय गरेको थियो ।
आजकै दिन नेकपा माओवादीले २०५२ साल फागुन १ गते सशस्त्र जनयुद्ध सुरु गरेको हो ।

शान्ति प्रक्रियापछि माओवादीले पटक(पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो ।

जनयुद्धको २८औं वार्षिकोत्सवका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंको मृत्यु र घाइते भए । केही अझै बेपत्ता छन् ।

Sponsored

सोही जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको माओवादीको दाबी छ । दिवका अवसरमा प्रदेश सरकारहरूले पनि छुट्टै सार्वजनिक बिदाको घोषणा गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *