भोलि देशभरि सार्वजनिक बिदा
टुडेपाटी–
काठमाडौं, माघ २९ गते ।
सरकारले सोमबार देशैभरि सार्वजनिक बिदा दिएको छ।
मन्त्रिपरिषद्को बैठकले माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यसअघि मधेश, कर्णाली र बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन पारेर भोलि बिदा दिने निर्णय गरेका थिए।
२०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरू गरेको थियो।
Sponsored