TodayPati

जनकपुरधाम पेट्रोलियम डिलर्स एशोसिएसनको अध्यक्ष चयनमा विवाद

टुडेपाटी

जनकपुरधाम, माघ २९ गते ।

पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरधामको अध्यक्ष चयनमा विवाद भएको छ । शनिबार १५ औं अधिवेशनमा नव कार्यसमिति चयनमा विवाद भएको हो । शनिबार साँझसम्म चलेको अधिवेशनमा अध्यक्ष विष्णुदेव साह र अध्यक्षका दाबेदार किशुन्देव साह पक्षबीच विवाद सृजना भएपछि तनाव उत्पन्न भएको थियो ।

Sponsored

बन्द सत्रमा विष्णुदेवले हाउसकै समर्थन आफूलाई रहेको दावी गर्दै एकवर्ष कार्यकाल थप गराएपछि निर्वाचन समितिका अधिकृत राजन प्रसाद दहालले किशुन्देव पक्षले घेराबन्दी गरेका थिए ।प्रहरीले त्यहाँबाट सुरक्षित निकालेका थिए ।

किशुन्देव पक्षले गैरकानुनी तरिकाले मनमोनाी समय थपेकाले नमान्ने र सम्बन्धित निकायमा उजुरी गर्ने बताए ।

Sponsored

विष्णुदेव लामोसमयदेखि अध्यक्ष रहँदा लेवी उठेको झण्डै एक करोड रुपैयाँको हरहिसाब सार्वजनिक नगरेर अनियमितता गरेको, प्रट्रोलियम डिलर नै नभएका १३ जनालाई मनोमानी सदस्यता दिएको, नविकरण लगायतको आरोप किशुन्देवले लगाए ।

यता अध्यक्ष विष्णुदेवले आफूमाथि किशुन्देवले लगाएको आरोपमा सत्यता नरहेको दावी गरे । ‘मलाई हाउसले नै पुनः एकवर्षको कार्यकाल थप गरेको छ । निर्वाचन समितिले नै लेखेर दिएको छ । त्यसैले यो वैद्य हो’ उनले थपे ‘मैले संस्थाको हिसाब किताब एकएक गरी राखेको छु । पारदर्शी नगरेको भनेको कुरा पनि गलत हो ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *