मधेश प्रदेश : जनयुद्ध दिवस मनाउन भोली सार्वजनिक बिदा, उपराष्ट्रपति पुन आउँदै
टुडेपाटी–
जनकपुरधाम, माघ २९ गते ।
मधेश प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन भोली सार्वजनिक बिदा दिएको छ ।
मधेश सरकारले राजपत्रमै जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने प्रकाशित गरेको छ ।
गत वर्षदेखि मधेश सरकारले मनाउन सुरु गरेको जनयुद्ध दिवसमा यस पटक सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन जनकपुरधाम आउन लागेको गृह तथा सञ्चारमन्त्री सत्रुधन प्रसाद सिंहले जानकारी दिए ।
मधेश सरकारले जनकपुरधाम स्थित मधेश भवनको कवड हलमा जनयुद्ध दिवस मनाउने कार्यक्रम रहेको गृह तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
Sponsored