मधेश प्रदेश : प्रदेशसभाको बैठक मंगलबार बोलाइयो
टुडेपाटी–
जनकपुरधाम, माघ २९ गते ।
मधेश प्रदेशको प्रदेशसभा बैठक मंगलबार बोलाइएको छ ।
सभामुख रामचन्द्र मण्डलले आगामी फागुन २ गते मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले माघ ४ गते विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।