मधेश सरकारको भौतिक मन्त्रालयमा दुई मन्त्री, एक पूर्व र एक बर्तमान मुख्यमन्त्री
टुडेपाटी-
जनकपुरधाम, माघ २८ गते ।
मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा नेकपा एमालेका संसदीय दलक नेता सरोजकुमार यादव मन्त्री नियुक्त भइसकेको दुईसाता भन्दा बढी बितिसकेको छ ।
तर मन्त्रालयको वेबसाइटमा भने दुई जना मन्त्री छन् । पहिलोमा झण्डै तीन महिना अघि वर्खास्त भइसकेका काँग्रेसका रामसरोज यादव र दोश्रोमा हालका मुख्यमन्त्री सरोजकुमार यादव ।
उनी दबैजनाको नाम र तस्वीर मन्त्रालयकमो बेवसाइटमा रहेको छ । वेबसाइट अपडेटमा मन्त्रालयका कर्मचारीको लापरवाही देखिएको छ ।