मधेश प्रदेशका उद्योगमन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको सपथ
टुडेपाटी–
जनकपुरधाम, माघ २४ गते ।
मधेश प्रदेशका नवनियुक्त उद्योग, पर्यटन तथा वनमन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
मंगलबार प्रदेश प्रमुखको सचिवालयमा आयोजित सपथ ग्रहण समारोहमा उद्योग, पर्यटन तथा वन मन्त्रीको रुपमा नियुक्त भएकी सुनिता यादव प्रदेश प्रमुख हरिशंकर मिश्रबाट र राज्यमन्त्रीमा नियुक्त भएका रहबर अन्सारी प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री सरोजकुमार यादवबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
मधेस सरकार गठन भएयता मुख्यमन्त्रीले तेस्रो पटक मन्त्रीपरिषद् विस्तार गरेसँग मन्त्रीमण्डलले पूर्णता पाएको छ ।