मधेश सरकारको उद्योग मन्त्रीमा सुनिता र राज्यमन्त्रीमा रहबर नियुक्त, दिउँसो शपथ
टुडेपाटी-
जनकपुरधाम, माघ २३ गते ।
मधेश प्रदेश सरकारको उद्योग वन तथा पर्यटनमन्त्रीमा नेकपा माओवादी केन्द्रकी सुनिता यादव र राज्यमन्त्रीमा रहबर अंशारीलाई नियुक्त गरेको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउँदै मन्त्री र राज्यमन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ आज दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालयमा हुने संसदीय दलका नेता भरत प्रसाद साहले जानकारी दिए ।
यो संगै अब मधेश सरकारले पूर्णता पाएको छ । यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते तीनजना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए ।
Sponsored