TodayPati

पेट्रोलियम पदार्थको भाउ बढ्यो

टुडेपाटी-
जनकपुरधाम, माघ २घ गते ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले आज (सोमबार) मध्यराति १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेल र मट्टितिलको मूल्य बढाएको हो । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको निगमले जनाएको छ ।

अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेलरमटितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको खुद्रा विक्री मूल्य भने हाललाई यथावत् नै राखिएको आयल निगमले जनाएको छ ।

Sponsored

निगमले नेपाल सरकारको ऋण र इण्डियन आयल कर्पोरेसन लिमिटेडलाई फेब्रुअरी २०२२ मा तिर्नुपर्ने बक्यौता १६ अर्व ३० करोड रुपैयाँ रहेको दाबी गरेको छ ।

१६ माघमा प्राप्त नयाँ खरिद मूल्यसूची बमोजिम पेट्रोलमा प्रतिलिटर ८।१ रुपैयाँ, डिजेलमा ७।९८ रुपैयाँ, मटितेलमा ४। ६१ रुपैयाँ र हवाई इन्धनमा ७।८ रुपैयाँ मुल्य बढेर आएकाले मूल्यवृद्धि गर्नुपरेको निगमको स्पष्टीकरण छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *