TodayPati

माओवादी केन्द्र एक मन्त्री र एक राज्यमन्त्री लिएर मधेश सरकारमा सहभागी हुँदै

टुडेपाटी–
जनकपुरधाम, माघ २३ गते ।

नेकपा माओवादी केन्द्र एक मन्त्री र एकजना राज्यमन्त्री लिउर मधेश प्रदेश सरकारमा सहभागी हुन लागेको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले आफैसँग राखेको उद्योग, पर्यटन तथा वन मन्त्रालय लिएर माओवादी केन्द्र सरकारमा सहभागी हुन लागेको हो ।

Sponsored

दुईवटा मन्त्रालय लिने अडान लिएपछि मुख्यमन्त्री यादव दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा माओवादी केन्द्र सरकारमा सहभागी भएको थिएन् । तर अब एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन माओवादी केन्द्र तयार भएको हो ।

माओवादी केन्द्रको तर्फबाट उद्योग, पर्यटन तथा वन मन्त्रालयको मन्त्रीको रुपमा सुनिता यादव र राज्यमन्त्रीको रुपमा रहबर अन्सारी सहभागी हुन लागेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *