भूकम्पमा परी टर्कीमा ज्यान गुमाउनेको संख्या ५ सय नाघ्यो
एजेन्सी–
काठमाडौँ, माघ २३ गते ।
सोमबार बिहान टर्कीमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५ सय नाघेको छ।
दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भू–भागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५ सय नाघेको अन्तरार्ष्ट्रिय मिडियामा समाचार छ।
टर्कीमा मात्रै २८४ जनाले ज्यान गुमाएका छन्। सिरियामा २३० जनाभन्दा बढीको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
सिरियाली स्वास्थ्य मन्त्रालयले भूकम्पबाट अलेप्पो,लटाकाइ,हामा र टर्टस प्रान्तमा मानिसको मृत्यु भएको जनाएको छ।
भूकम्पबाट १० वटा सहरमा ठूलो क्षति पुगेको बताइएको छ।
Sponsored
यसअघि सन् १९९९ मा देशको उत्तर पश्चिममा गएको शक्तिशाली भूकम्पमा परी १७ हजार मानिसको ज्यान गएको थियो।