TodayPati

मधेश प्रदेश : चालु आवको ६ महिनामा करिब ११ प्रतिशत बजेट खर्च

टुडेपाटी–
जनकपुरधाम, माघ २२ गते ।

चालु आर्थिक वर्षको ६ महिनामा मधेश प्रदेश सरकारले करिब ११ प्रतिशत बजेट खर्च गरेको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि मधेश सरकारले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट ल्याएकोमा ६ महिनामा १०.९० प्रतिशत अर्थात ५ अर्ब ११ करोड ६ लाख ८ हजार १ सय रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत मनोजकुमार झाले जानकारी दिए ।

Sponsored

मधेश सरकारले ६ महिनाको अवधिमा पूँजीगत तर्फ १०.२४ प्रतिशत र चालु तर्फ ११.६२ प्रतिशत बजेट खर्च भएको लेखा नियत्रक कार्यालयको तथ्यांक छ ।

मधेश सरकारले पूँजीगत तर्फ २५ अर्ब ९७ करोड २० लाख ८० हजार विनियोजन गरेकोमा २ अर्ब ६५ करोड ९२ लाख ५१ हजार ६५७ र चालु तर्फ २० अर्ब ९० करोड ८८ लाख ६६ हजार विनियोजन गरिएकोमा २ अर्ब ४५ करोड १३ लाख ५६ हजार ४४३ रुपैयाँ खर्च गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *