सरकारबाट बाहिरिने रास्वपाको निर्णय, मन्त्रीहरुले आजै राजीनामा बुझाउने
टुडेपाटी–
काठमाडौँ, माघ २२ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै रास्वपाका मन्त्रीहरु आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आजै राजीनामा बुझाउने जानकारी दिए ।
रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।
Sponsored