मधेशमा स्वतन्त्र जितेका प्रदेश सांसद कलवार एमाले प्रवेश
टुडेपाटी-
जनकपुरधाम, माघ २१ गते ।
स्वतन्त्रबाट निर्वाचित मधेश प्रदेश सभा सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।
रौतहट निर्वाचन क्षेत्र नं. ३ (क) बाट स्वतन्त्र निर्वाचित केशव चौधरी शुक्रबार एमालेमा प्रवेश गरेका हुन् ।
उनलाई पार्टीमा एमाले मधेश प्रदेश संसयीय दलका नेता तथा मधेश सरकारका भौतीक पुर्वाधार विकास मन्त्री सरोजकुमार यादवले टिका लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
अब मधेश प्रदेशमा एमालेको सांसदको संख्या २५ पुगेको छ । निर्वाचनमा २३ सिट जितेर मधेशको पहिलो दलको रुपमा उदाएको थियो । यसअघि पनि एमाले अर्का स्वतन्त्र सांसद शारदा शंकर कलवारलाई पार्टी प्रवेश गराएको थियो । कलवार बारा क्षेत्र नं.२ (क)बाट निर्वाचित भएका हुन् ।