सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति पार्टीको संकेत
टुडेपाटी–
काठमाडौँ, माघ १९ गते ।
सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टीले फिर्ता लिने संकेत गरेको छ।
पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना सांसद अरुणकुमार चौधरी समातिएको घटनामा प्रतिकृया दिएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले कैलाली क्षेत्र नं. २ बाट निर्वाचित चौधरीलाई नियन्त्रणमा लिएको विरोध गरेकी छन्।
‘अपराधी थारुलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन तिमीलाई चाहिदैन रहेछ’ उनले फेसबुकमा लेखेकी छन्।
१० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा सांसद चौधरीलाई कैलाली जिल्ला अदालतले ६ महिना कैदको फैसला सुनाएको थियो। तर उनले कैद भुक्तान नगरेर फरार थिए।
Sponsored