TodayPati

वलिउड अभिनेता इरफान खान रहेनन्

मुम्बई, वैशाख १७ गते ।

वलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

दुईवर्षदेखि क्यान्स रोगबाट पीडित अभिनेता खानको मुम्बइको कोकिला वेन अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको हो । अभिनेता खानलाई न्युरोएन्डोक्राइन ट्युमर समेत भएको थियो ।

Sponsored

जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो । 

गत शनिबार उनकी आमाको निधन भएको थियो । खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए। 
बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लगबस्टर सिनेमामा काम गरेका थिए । 

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *