TodayPati

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थ मूल्य

टुडेपाटी-
काठमाडौं, माघ १८ गते ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसनले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो ।

Sponsored

जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको निगम स्रोतले जनाएको छ ।

भारतबाट इन्धनको मूल्य बढेर आएसँगै निगम फेरि घाटामा गएको छ ।

नेपालमा मूल्य समायोजन नगरे अबको १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ निगमलाई घाटा पर्नेछ ।

Sponsored

विगत ४ महिनासम्म निगम नाफामा रहँदै आएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *