TodayPati

बारा र पर्सामा एकैदिन ४ जनामा कोरोना पुष्टि, प्रदेश २ मा संक्रमितको संख्या १३ पुग्यो

टुडेपाटी-
जनकपुरधाम, वैशाख १७ गते ।

प्रदेश २ मा एकैदिन थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाराका २ र पर्साका २ जना गरी बुधवार राष्टिराष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिएका चारैजनामा संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरले जानकारी दिए ।

चारैजना स्थानीय क्वारेन्टाइनमा रहेको कोरोना पुष्टि हुने बितिकै उनीहरुलाई उपचारको लागि नारायण उपक्षेत्रीय अस्पताल वीरगञ्ज लग्ने तयारी भइरहेको सचिव घिमिरेले जानकारी दिए ।

Sponsored

स्रोतका अनुसार उनीहरु यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित समातीसँगै दिल्लीको मर्कज (धार्मिक भोला) बाट फर्किएका थिए ।
सचिव घिमिरेका अनुसार कन्ट्याक्ट ट्रेसिङका लागि प्रदेशबाट प्राविधिकसहितको टोली परिचालन भैसकेको छ । अहिले उनीहरुको बारेमा धेरै जानकारी बाहिर आएको छैन ।

हामी जानकारी खोतल्दै छौ, उनले भने। संक्रमण पुष्टि भएकाहरुलाई उपचारका लागि नारायणी अस्पाल विरगंज पठाउन तयारी भैरहेको छ ।
गत आइतबार पनि वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो भने मंगलबार मात्र रौतहटका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यो संगै कोरोना संक्रमितको संख्या ५८ पुगेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *