TodayPati

पाकिस्तानमा मस्जिदमा विस्फोट हुँदा २८ जनाको मृत्यु

टुडेपाटी–
काठमाडौँ, माघ १६ गते ।

पाकिस्तानमा एक मस्जिदमा बम विस्फोट गरिँदा २८ जना मारिएका छन् । साथै १ सयभन्दा धेरै घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार सोमबार दिउँसो पाकिस्तानको उत्तरपश्चिम सहर पेशावरस्थित उक्त घटनामा घाइते हुनेहरूको संख्या यकिन भएको छैन । अलजजिराको समाचार अनुसार पेशावरमा रहेको एक अस्पतालमा ७० जनाभन्दा धेरै घाइतेलाई उपचारका लागि ल्याइएको छ ।

Sponsored

स्थानीय प्रहरी अधिकारीहरूले १५० जना जति मानिस घाइते भएको बताएका छन् । साथै विस्फोटका कारण मस्जिदको केही भाग भत्किएको बताइएको छ ।

कतिपय मानिसहरू भत्किएको संरचनाभित्र पुरिएर रहेको हुनसक्ने आशंका गरिएको छ ।

३०० जना मानिस क्षमताको उक्त मस्जिद विस्फोटको क्रममा मानिसले लगभग भरिएको पेशावर प्रहरी प्रमुख मुहम्मद इजाज खानले अन्तर्राष्ट्रिय मिडियालाई प्रतिक्रिया दिएका छन् । उक्त विस्फोट आत्मघाती हमला थियो कि बम आक्रमण थियो भन्नेबारे यकिन भएको छैन ।

Sponsored

यसबारे अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *