धनुषा प्रहरीले हतियारसहित पक्राउ गरी सफलता सिद्ध गरेका दुई थुनुवा हिरासत फोडेर टाप
टुडेपाटी-
जनकपुधराम, माघ १६ गते ।
धनुषामा पेस्तोलसहित दुईजनालाई पक्राउ गरी प्रहरीले शनिबार सार्वजनि गरेको दुई थुनुवा पनि फरार भएका छन् । आइतरबार राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भाग्ने मध्ये दुई थुनुवा हातहतियारसहित पक्राउ परेका थिए ।
शुक्रबार पेस्तोल र गोलीसहित पक्राउ परेका मिथिला नगरपालिका २ नक्टाझिझ विश्वकर्मा चोकका स्थानीय २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
इकाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले शुक्रबार साँझ विशेष सूचनाको आधारमा खानतलासी गर्दा उनीहरुलाई पेस्तोलसहित पक्राउ गरेको थियो । उनीहरुको साथबाट माउजर पेस्तोल १ थान, सो पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड गरिएको २ थान गोली बरामद गरिएको थियो ।
समान्यतः घटनाहरुको प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनि गर्दैन । इमेल मार्फत् नै प्रेस विज्ञप्ती मिडियाकर्मीलाई पठाउँछ । तर पेस्तोलसहित पक्राउ गरेका दुई युवकलाई धुनषामा भर्खरै आएका एसपी विश्वराज खड्काले पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गरेका थिए । उनले प्रहरीको सफलता रहेको सिद्ध गर्न खोजे ।
हातहतियारसहित पक्राउ परेका समाचार पक्राउ परेकै दिन थुप्रै सञ्चारमाध्यममा आइसकेको थियो । तर कुनै ठूलै घटनाको खुलासा हो ठानेर पत्रकार सम्मेलनमा पुगेका केही पत्रकार प्रहरीले हतियारसहित पक्राउ परेका घटना नै सार्वजनिक गरेपछि अचम्मित बनेका थिए । तर आफ्नो सफलता सिद्ध गरका धनुषा प्रहरीको हातहतियार मुद्दाका दुईजनासहित ६ जना हिरासत फोडेर फरार भएपछि प्रहरीमाथि ठूलो प्रश्न चिन्ह लागेको छ ।
Sponsored