मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरले लिए पद तथा गोपनीयताको सपथ
टुडेपाटी–
जनकपुरधाम, माघ १५ गते ।
मधेश प्रदेशका नव नियुक्त मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुरले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार ठाकुरले प्रदेश प्रमुख हरिशंकर मिश्रका समक्ष उच्च अदालत जनकपुरका कामु न्यायाधीश गुनराज ढुंगेलबाट शपथ लिएका हुन् ।
मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा मुख्य न्यायाधिवक्तामा ठाकुर नियुक्त भएका हुन्।