TodayPati

अनागरिक रवि लामिछाने आज नागरिकता लिन जिल्ला प्रशासन जाँदै

टुडेपाटी-
जनकपुरधाम, माघ १५ गते ।

रवि लामिछाने आज नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं जाँदै छन् ।

उनले स्थानीय प्रशासनसँग समन्वय गरी आज विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जाने तयारी गरेको उनका निकट श्रोतले जनाएको छ ।

Sponsored

प्रशासनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गर्नुभनी समन्वय गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्व पत्रकार रवि चितवन २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेर गृहमन्त्री भएका थिए । अमेरिकी नागरिकता त्यागेपनि उनी नपाल फर्किँदा पुनः नागरिकता प्राप्तिको प्रक्रियामा गएनन् । सर्वोच्च अदालते गत शुक्रबार उनको नागरिकता खारेज गर्ने फैसला सुनाएपछि सांसद, गृहमन्त्री र पार्टी सभापति पद समेत गुमेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *