रविले पाएन पूर्वमन्त्रीको दर्जा
टुडेपाटी–
काठमाडौँ, माघ १४ गते ।
रवि लामिछाने नागरिकता विवादमा बर्खास्तमा परेपछि उनको नाम गृहमन्त्रलायले पूर्व मन्त्रीको सूचिमा पनि राखेको छैन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार नागरिता पुनः प्राप्ति गर्न आदेश दिएसँगै लामिछाने बर्खास्त भएका थिए।
त्यस लगत्तै मन्त्रालयले उनको नाम गृह मन्त्रालयलको वेभसाइटबाट हटाएको छ।
गृहमन्त्रीबाट नाम हटाएको मन्त्रालयले उनको नाम पूर्वमन्त्रीको सूचीमा पनि राखेको छैन्।
२०४७ साल यता गृहमन्त्री भएका २० जनाको नाम रहेपनि रविको नाम भने छैन्।
Sponsored
राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ बाट निर्वाचित लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको रुपमा शपथ लिएका थिए।