TodayPati

सूचना दिन अटेरी गर्ने सिरहाका प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना

टुडेपाटी-
जनकपुरधाम, माघ १३ गते ।

राष्ट्रिय सुचना आयोगले सिरहाको सिरहा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई जरिवाना गरेको छ । नागरिकले मागेको सूचना दिन अटेर गरेपछि आयोगले बिहीबार प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको प्रवक्ता रत्नप्रसाद मैनालीले जानकारी दिए ।

सिरहा नगरपालिका–७ निवासी परशुराम साहले सिरहा नगरपालिका कार्यालयसंग सूचना माग गरेका थिए । तर सूचना नपाएपछि २३ जेठ २०७९ मा कार्यालय प्रमुुखविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुुनरावेदन गरेका थिए । त्यस यता सूचना उपलब्ध गराउन पटक पटक राष्ट्रिय सूचना आयोगबाट भएको आदेशलाई बेवास्ता गरेको भन्दै प्रशासकीय अधिकृत यादवलाई कारबाही गरिएको जनाएको छ ।

Sponsored

‘कार्यालय प्रमुखलाई पटक–पटक सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को दफा (१) बमोजिम कारवाही हुने व्यहोराबाट सजग गराउंदा, चेतावनी दिदा पनि आफ्नो जिम्मेवारी पालनामा पूर्णतः गैरजिम्मेवार देखिएका छन्’आयोगले जारी गरेको कारबाही विज्ञप्तिमा भनिएकोछ‘ संविधानप्रदत्त र कानूनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गर्ने सिरहा नगरपालिकाको कार्यालय, सिरहाका कार्यालय प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, बलिराम यादवलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम रु १५,००० (पन्ध्र हजार रुपैयाँमात्र जरिवाना हुने आयोगको २०७९ साल माघ १२ गते बसेको इजलाशले आदेश गरेको छ ।’

सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ मा हरेक सरकारी तथा सारर्वजनिक नियकाबाट सार्वजनिक महत्वको सूचना पाउने प्रत्येक नेपाली नागरिकको मौलिक हक रहेको उल्लेख छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *