हिन्दुधर्मको पक्षमा खुलेर लाग्न उपप्रधानमन्त्री लिङ्देनको आग्रह
टुडेपाटी-
बुटवल, माघ १२ गते ।
हिन्दुधर्मका पक्षमा खुलेर लाग्न धर्मगुरुहरूलाई उपप्रधान एवम् ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले आग्रह गरेका छन्।
रुपन्देहीमा जगद्गुरुपीठ निर्माणको लागि श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ समापनका अवसरमा मन्त्री लिङ्देनले धार्मिक कार्यक्रमहरूले धार्मिक पर्यटनमा वृद्धि गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनले नेपालमा धर्मगुरुहरू हिन्दु धर्मको पक्षमा खुलेर बोल्न डराएको अवस्थामा पनि आफू अडिग भएर हिन्दुधर्मको पक्षमा लागेको बताए।
उनले यस्ता हिन्दुत्व सम्बन्धि कार्यक्रम तथा धार्मिक कार्यक्रमहरूले आफूलाई आनन्द दिने गरेको बताए।
मन्त्री लिङ्देनलाई कार्यक्रमका मूख्य वाचक बालसन्त मोहन शरण देवाचार्य महाराजले संसदबाट नै हिन्दुधर्मको पक्षमा बोल्न आग्रह गरे।
Sponsored
हिन्दुराज्यमा अन्य धर्मका नेपालीहरू पनि सुरक्षित महसुस गरेको बताउँदै उनले ती सबैको चाहना पनि नेपाल हिन्दु राज्य नै हुनुपर्ने जिकिर गरे।