TodayPati

प्रदेश २ का थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७ पुग्यो

टुडेपाटी-

जनकपुरधाम, वैशाख १७ गते ।

प्रदेश २ का थप ३ जनामा कोरोना कोरोना संक्रमण भेटिएको छ । नयाँदिल्लीस्थित निजामुद्धिन मर्कजबाट आएका जमातीहरुको सम्पर्कमा रहेकाहरुलाई कोरोना संक्रमण भएको पाइएको हो । 

Sponsored

बाराका एकजना र पर्साका दुईजना गरि जम्मा तीनजना कोरोना संक्रमित थपिएका छन् ।

बिरगञ्जको सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा रहेका एक जना र सिमरा क्वारेन्टाइनमा भएका २ जना गरि थप ३ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पताल स्रोतले जनाएको छ ।

हेटौंडास्थित ल्यावमा उनीहरुको स्वाब परिक्षणका क्रममा कोरोना पोजेटीभ भेटिएको स्रोतले दावी गरेका छन् । यसको स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टी गर्न भने बाँकी रहेको छ । 

Sponsored

जमातबाट फर्केर आएकाहरुको सम्पर्कमा रहेका उनीहरु सबै नेपाली नै हुन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । 

यसअघी रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोरोना संक्रमण देखिएको थियो । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *