महोत्तरी १ बाट निर्वाचित लक्ष्मी महतोको पक्षमा जनकपुरधाममा प्रदर्शन
टुडेपाटी–
जनकपुरधाम, माघ ११ गते ।
नेकपा एमालेबाट महोत्तरी क्षेत्र नं. १ बाट निर्वाचित लक्ष्मी महतो कोइरीको पक्षमा जनकपुरधाममा प्रदर्शन गरिएको छ ।
कोइरीलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएपनि पक्राउ नगरिएको भन्दै आलोचना भइरहेको समय मधेश प्रदेशको राजधानी जनकपुरधाममा कोइरीको पक्षमा प्रर्दशन भएको हो ।
मधेश आन्दोलनका अगुवा दिनेश पूर्वेको नेतृत्वमा जनकपुरधामको भानुचोकदेखि निकालिएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो।
उनीहरुले सरकार तथा प्रहरी प्रशासनविरुद्ध नारावाजी समेत गरेका थिए ।
प्रदर्शनमा सहभागी नागरिक अगुवा रामरिझन यादवले कोइरीलाई बदनियतपूर्ण ढंगले फसाउन खोजिएको आरोप लगाए ।
Sponsored