काँग्रेस मधेश प्रदेश समितिले चुनावको समिक्षा गर्ने
टुडेपाटी-
जनकपुरधाम, माघ ११ गते ।
नेपाली काँग्रेस मधेश प्रदेश समितिले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावको बारेमा समिक्षा गर्ने निर्णय गरेको छ । मंगलबार जनकपुरमा बसेको प्रदेश समितिले समिक्षामा जिल्लाबाट प्राप्त हुने सल्लाह सुझाव अनुसार प्राप्त प्रतिवेदन समायोजन गरी कार्यान्वयनका लागि केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरेको हो ।
निर्वाचनमा पार्टीका विधान र निर्देशिका विपरीत गतिविधि गरेका कार्यकर्ताको प्रमाण संकलन गरी अनुशासनको कारबाहीको लागि प्रदेश अनुशासन समितिलाई निर्देशन दिने निर्णय समेत बैठकले गरेको प्रचारप्रसार विभाग प्रमुख नितेश गुप्ताले जानकारी दिए ।
यस्तै मातहतको संगठनलाई प्रभावकारी बनाउन प्रादेशिक वार्षिक क्यालेण्डर तर्जुमा गरी मतहतका सांगठनिक निकायहरुलाई परिचालन गर्ने र विभिन्न राजनीकि दल परित्याग गरेर आएकालाई अनुशासन समावेश गर्न केन्द्रमा सिफारिस गर्न निर्णय गरेको समेत गुप्ताले बताए ।