TodayPati

जनकपुरको पीसीआर मेसिन लगातार गलत रिपोर्ट दिन थालेपछि प्रयोगशाला बन्द

टुडेपाटी-

जनकपुरधाम, वैशाख १७ गते ।

प्रादेशिक अस्पताल जनकपुरमा स्थापना गरिएको कोरोना परीक्षण गर्ने पीसीआर प्रयोगशाला बन्द भएको छ ।

Sponsored

प्रादेशिक प्रयोगशालाको पीसीआर रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठेपछि एक सातादेखि स्वाब परीक्षण सेवा बन्द भएको प्रयोगशालाका अधिकृत युगलकिशोर यादवले टुडेपाटीलाई जानकारी दिए ।

कोरोना परिक्षण गर्न प्रदेश २ मै पहिलोपटक चैत २१ गते जनकपुरधाम प्रादेशिक अस्पतालमा पीसीआर मेसिन जडान गरिएको थियो । यस प्रयोगशालामा हालसम्म १०१ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको थियो ।

तर, परीक्षण गरिएकामध्ये सर्लाहीका १ जना र रौतहटका २ जना गरी ३ जनाको स्वाब पुनः काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वस्थ्य प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि जनकपुरको पीसीआर प्रयोगशालाको विश्वसनीयतामाथि प्रश्न उठेको हो ।

Sponsored

पीसीआर प्रयोगशाला बन्द भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने गरिएको छ ।

जनकपुरको पीसीआर मेसिन फिर्ता गरी प्रदेश सरकारले अर्को नयाँ मेसिन ल्याउने तयारी गरेको समाजिक विकास मन्त्रायका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *