TodayPati

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

टुडेपाटी-

जनकपुरधाम, वैशाख १७ गते ।

भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार नाघेको छ । गएको २४ घण्टामा ६९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ८ पुगेको हो ।

Sponsored

भारतमा एकैदिन थप १ हजार ९०९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३१ हजार ३६० पुगेको छ ।

भारतमा संक्रमितमध्ये ७ हजार ७४७ जना उपचारपछि निको भएका छन् । २२ हजार ६०५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *