TodayPati

समयमै सबै विद्यार्थीले पाठ्यपुस्तक पाउने व्यवस्था मिलाउन निर्देशन

टुडेपाटी–
काठमाडौं, माघ ९ गते ।

आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यार्थीले पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

सोमबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको सिंहदरवारमा बसेको बैठकले आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक उपलब्ध हुने कुराको सुनिश्चित गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

Sponsored

समितिका सभापति प्रकाश पन्थका अनुसार सम्बन्धित मन्त्रालय र मातहतका निकायहरुसँग गहन छलफल गरी समयमा विद्यालयहरुले पाठ्यपुस्तक पाउने कुराको सुनिश्चित गर्न सरकारलाई निर्देश गरिएको छ ।

जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले समयमै पाठ्यपुस्तक विद्यालयहरुलाई उपलब्ध गराउने गरी आफूहरुले काम गरिरहेको दाबी गरे ।

उनले भने, ‘निरन्तर रुपमा कागजको आपूर्ति भइरहेको छ । छपाइ मेसिन पनि थपिएको छ । अव छपाइ क्षमतामा पनि समस्या छैन । म्यानपावरमा पनि समस्या छैन । समय कम भएकाले सबै कर्मचारीहरुले मिलेर काम गरिरहेका छौं ।’

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *