आज सोनाम ल्होछार मनाइँदै, सार्वजनिक बिदा
टुडेपाटी
जनकपुरधाम, माघ ८ गते ।
आज तामाङ समुदायले नयाँ वर्षको रुपमा सोनाम ल्होछार-२८५९ मनाउँदै छन् । माघ शुक्ल प्रतिपदाका दिन विविध कार्यक्रम गरि सोनाम ल्होछार मनाउने गरिन्छ ।
मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ ।
पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
Sponsored