हामीले मधेश आन्दोलनको सहिदको अपमान गरेका छैनौँ : राजेन्द्र लिङ्देन
टुडेपाटी–
काठमाडौं, माघ ७ गते ।
उपप्रधान तथा ऊर्जा तथा जलस्रोत मन्त्री राजेन्द्र लिङ्देनले मधेश आन्दोलनका सहिदप्रति सम्मान गर्दै सदनमा गरिएको मौन धारणमा नउठेकोप्रति बोलेका छन् ।
गत माघ ५ गते सदनमा जनमत पार्टीका अध्यक्ष डा सीके राउतले रोष्टमबाटै मधेश आन्दोलनका सहिदको सम्मानका एक मिनेट मौन धारण गरेका थिए।
एकाएक भाषणकैबीचमा मौनधारण गरेपछि नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू उठेका थिए। तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन लगायत सांसदहरू उठेका थिएनन्।
यस विषयमा बाहिर गलत प्रचार भएको भन्दै शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा लिङ्देनले स्पष्टीकरण दिएका हुन्। उनले सदनमा सभामुखको रूलिङ हुनुपर्ने बताए ।
उनले भने, ‘संसदको एउटा मर्यादा हुन्छ, एउटा नियम हुन्छ र रूलिङ सभामुखको चल्छ। यति कुरा पनि दोस्रो कार्यकाल संसदमा आएको मैले बुझिनँ भने म बहाना वा भावनामा बगेँ भने त्यसले संसदीय परम्परामा राम्रो छाप छाड्दैन। कि त सभामुखले त्यो विषयमा रूलिङ गर्नुपर्यो। कम्तीमा कि मेरो प्रधानमन्त्री उठ्नुपर्यो।’
Sponsored
लिङ्देनले आफूहरूले सहिदहरूप्रति अनादर नगरेको पनि बताए। प्रधानमन्त्री वा आफू कसैले पनि अपमान गर्न नखोजेको उनले बताए।