TodayPati

ट्राफिक नियमको उलंघन गरेपछि प्रधानमन्त्रीलाई जरिवाना

एजेन्सी–
काठमाडौं, माघ ७ गते ।

ट्राफिक नियमको पालना नगरेको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको छ।

लंकाशायर प्रहरीले सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा प्रधानमन्त्री सुनकले चलिरहेको कारमा सिटबेल्ट नलगाएपछि सशर्त जरिवना लगाएको हो।

Sponsored

प्रहरीका अनुसार प्रधानमन्त्री सुनकले आफूले गल्ती गरेको स्वीकार गर्दै माफीसमेत मागेका छन् ।

बेलायतमा सिट बेल्ट नलगाउने यात्रुलाई १०० पाउन्ड जरिवाना गर्न सकिन्छ। मुद्दा अदालतमा पुगे उक्त जरिवाना ५ सय पाउन्डसम्म बढ्नसक्छ।

इङ्गल्याण्डको उत्तरी यात्राको क्रममा रहेका प्रधानमन्त्री सुनक भिडियो खिचिएको बेला लंकाशायरमा थिए।

Sponsored

प्रधानमन्त्री सुनकको आफूले बनाएको भिडिओ इन्स्टाग्राममा पोस्ट गरेका थिए।

बेलायतमा बहालवाला प्रधानमन्त्रीलाई यो दोस्रो पटक जरिवाना गरिएको हो।

यसअघि गत अप्रिलमा तत्कालिन प्रधानमन्त्री बोरिस जोनसन र श्रीमती क्यारीले कोविड लकडाउनका नियमहरू तोडेको भन्दै जरिवाना गरिएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *