TodayPati

प्रचण्ड लगायतले मधेशका शहीदहरूको अपमान गरेको भन्दै कांग्रेसको आपत्ति

टुडेपाटी-
जनकपुरधाम, माघ ६ गते ।

मधेश आन्दोलनका शहीदहरूको अपमान गरिएको भन्दै नेपाली कांग्रेस मधेस प्रदेश कार्य समितिले आपत्ति जनाएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मधेश आन्दोलनका शहीदहरूको सम्मानका लागि सांसद डा. सीके राउतद्वारा गरिएको मौनधारणको अनुरोधलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका कतिपय सांसदहरूले अवज्ञा गर्नु दुःखद रहेको काँग्रेसले जनाएको छ ।

Sponsored

नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै मधेस वलिदानी दिवसका अवसरमा भएको यस्तो घटनाले साशकहरु मधेशका वीरसहिदप्रति वैरभाव राखेको बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘यो घटनाबाट हाम्रा शासकहरू मधेसका शहीदहरूप्रति समेत वैरभाव राख्छन् भन्ने प्रष्ट हुन्छ । मधेस आन्दोलनका शहीदहरूप्रति प्रधानमन्त्री दाहाल लगायतबाट देखाइएको यो हट्टी रवैया मधेस र मधेशी जनताप्रतिको अपमान पनि हो । यो घटना मधेशीजनविरुद्ध व्याप्त विभेदपूर्ण मानसिकताको उपज हो ।’

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललगायत केही मन्त्री र सांसदहरू आसनबाटसमेत नउठेको घटनाले सत्ता र सत्तासिन राजनीतिक दलहरूले मधेस आन्दोलनलाई मान्यता दिन नचाहेको विज्ञप्तीमा भनिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *